गौतमबुद्ध कप : राप्तीलाई नारायणीको मध्यम लक्ष्य

काठमाडौं । गौतमबुद्ध कप टी-ट्वान्टी प्रतियोगिता अन्तर्गत लिग चरणको अनितम खेलमा नारायणी टीमले राप्तीलाई १ सय ३९ रनको विजयी लक्ष्य दिएको छ ।

भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको खेलमा नारायणीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३८ रन बनाएको हो ।

नारायणीका लागि किशोर महतोले नट आउट हुँदै ३६ रन बनाए । उनले १४ बल खेल्दै ४ छक्का र २ चौका प्रहार गरेका थिए । यस्तै करण केसीले ३२ रन जोडे ।

१३ औं ओभरमा ६ विकेट गुमाएर ६५ रन बनाएको नारायणीको पाली किशोर र केसीले उकासेका हुन् ।

नारायणीका सुशन भारीले १८, रित गौतमले १३ र इशान पाण्डेले १० रन को योगदान गरे भने अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

राप्तीका सुर्य तमाङ र अविनास बोहराले समान २र२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?