काठमाडौं । आज यो वर्षके अन्तिम सूर्य ग्रहण लाग्दैछ । यो वर्षको दोश्रो र अन्तिम सूर्य ग्रहण हो । यो भन्दा पहिला २१ जूनमा यो वर्षको पहिलो सूर्यग्रहण लागेको थियो ।
![]()
आजको सूर्य ग्रहणमा गुरु चण्डाल योग बनेको छ । जसलाई धेरै अशुभ मानिन्छ । साथै आज सोमावारे औँसी पनि रहेको छ ।

ग्रहण कालको बेला शिवको विशेष आराधना गरेर गुरु चण्डाल योगका नराम्रा प्रभावहरु नष्ट गर्न सकिन्छ । नेपाली समयानुसार ग्रहण आज साँझ ७ बजेर १८ मिनेटमा शुरु भएर १२ बजेर ३८ मिनेटमा सकिनेछ ।

यसको अवधि लगभग ५ घण्टाको हुनेछ । यो दक्षिण अफ्रिका, दक्षिण अमेरिका, प्रशान्त महासागर, एटलान्टिक र हिन्द महासागर र अन्टार्कटिकाबाट पूर्ण रपमा देखिनेछ ।

नेपालमा भने ग्रहण देखिनेछैन । नेपालमा ग्रहण नदेखिने भएकोले कुनै नियम अपनाउनु आवश्यक छैन ।

२०२० को शुरुवातमा चन्द्र ग्रहण लागेको थियो । र यसको समाप्ति सूर्य ग्रहणबाट हुँदैछ । यो वर्ष कूल ६ वटा ग्रहण लागेका थिए । जसमा दुई सूर्य ग्रहण र ४ चन्द्रग्रहण रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया