फुलहमसँग लिभरपुलको बराबरी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल बराबरीमा रोकिएको छ । आइतवार राति भएको खेलमा लिभरपुल फुलहमसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

Image

त्यसअघि खेलको २५ औं मिनेटमा बोब्बि रेइडले गोल गर्दै फुलहमलाई अग्रता दिलाएका थिए । सलाहले खेलको ७९ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए ।

लिभरपुलले १२ खेलमा २५ अंक जोडेको छ । लिभरपुल दोस्रो स्थानमा रहेको छ । फुलहम ८ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?