काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । आइतवार राति भएको खेलमा पीएसजीलाई लियोनले १-० गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीले घरेलु मैदानमै हार व्यहोरेको हो । खेलको ३५ औं मिनेटमा लियोनका टिनो काडेवेरले निर्णायक गोल गरेका थिए ।
खेलमा नेयमारले चोट बोकेका छन् । घाइते भएपछि नेयमार खेलको इन्जुरी समयमा स्ट्रेचरको सहायताबाट मैदानबाट बाहिरिएका थिए ।

पीएसजी २८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । लियोन २९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया