काठमाडौं । सिरि ए फुटबलमा युभेन्टसले सहज जित हात पारेको छ । आईतवार राति भएको खेलमा युभेन्टसले जेनोआलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
रोनाल्डोको दुई गोलमा युभेन्टसले सहज जित हात पार्यो । खेलको ५७ औं मिनेटमा पाब्लो ड्याबालाले युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए ।

स्टेफानो स्टुराओले ६१ औं मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काए । रोनाल्डोले ७८ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै टुरिन क्लबलाई २–१ ले अघि बढाए ।

खेल सकिन एक मिनेट अघि पेनाल्टीमै दोस्रो गोल गर्दै रोनाल्डोले युभेन्टसलाई ३–१ को सहज जित दिलाए ।
युभेन्टसले २३ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ । जेनोआ ६ अंक सहित तालिकाको पुछारदेखि दोस्रोमा छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया