काठमाडौं । सीमामा चीनसँगको विवादकाबीच भारत सरकारले एक नयाँ कदम उठाएको छ ।
सरकारले तीन वटै सेनाहरुलाई १५ दिनको युद्ध हिसाव गरेर गोला बारुद र हतियार जम्मा गर्न छुट दिएको छ ।
अहिलेसम्म सेनाहरुले १० दिनको लागि मात्रै हतियार जुटाउन पाउँथे ।
लद्दाखमा चीनसँगको विवाद र जम्मू-कश्मिरमा पाकिस्तानसँगको सीमा विवादका बीच भारत सरकारको यो कदमलाई महत्वपूर्ण मानिएको छ ।
अब उक्त आपत्कालीन समयमा यी जम्मा गरिएका हतियारहरु सेनाले प्रयोग गर्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया