काठमाडौं । पछिल्लो समय म्यान्चेष्टर युनाईटेड छोड्न चाहेका पाउल पोग्बाले म्यान्चेष्टर युनाईटेडसँग आफ्नो सबै कुरा स्पष्ट रहेको बताएका छन् । उनले आफु क्लबप्रति हजार प्रतिशत प्रतिबद्ध रहेको उल्लेख गर्दै युनाईटेडसँग यस विषयमा स्पष्ट रहेको बताएका हुन् ।

२७ वर्षिया मिडफिल्डरका एजेन्ट मिनो रायोलाले पोग्बा क्लबमा खुसी नभएको बताउँदै उनले क्लब परिवर्तन गर्न चाहेको बताएका थिए ।
‘बाहिर आउने विषय महत्वपूर्ण हैन । भविष्य निकै पर छ । आजको अर्थ राख्छ । म हजार प्रतिशत समाहित छु । हामी सधै संगै बलियो छौ । क्लब र मबीच सबै विषय स्पष्ट छ । जुन कहिल्यै परिवर्तन हुदैन ।’ पोग्बाले भनेका छन् ।

शनिवार पोग्बाले युनाईटेडका लागि म्यान्चेष्टर डर्बीमा पुरै ९० मिनेट मैदानमा बिताएका थिए । पोग्बाको क्लबसँगको सम्झौता सन् २०२२ मा सकिदैछ । उनी सन् २०१६ मा ८९ मिलियन पाउण्डमा युभेन्टसबाट युनाईटेड आएका थिए ।

उनले युनाईटेडका लागि १ सय ७२ खेलमा ३५ गोल गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया