काठमाडौं । ब्राजिलका फुटबल स्टार नेयमार अहिले उनकी आमाका कारण चर्चामा छन् । नेयमारकी आमा २२ बर्षे युवासँगको सम्बन्ध सार्वजनिक भएपछि अहिले सबै अचम्ममा परेका छन् ।
५२ बर्षिय नादिने गोनकाल्भेजले २२ बर्षिय मोडल टियागो रामोससँगका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यो खुलासा भएको हो । टियागो नेयमारभन्दा ६ बर्ष कान्छा रहेका छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा उनकी आमाले पोष्ट गरेको तस्वीरमा नेयमारले ‘ सधै खुशी रहनु आमा’ भनेर कमेन्ट गरेका छन् ।
नेयमारकी आमा बाबुको २०१६ मा डिभोर्स भएको थियो । उनीहरुले २५ बर्षे वैवाहिक जीवनको अन्त्य गर्दै डिभोर्स गरेपछि नादिनेले आफूभन्दा ३० बर्ष कम उमेरका प्रेमीसँग रोमान्स गरेकी हुन् । नेयमारका पिता भने अहिले नेयमारको एजेन्टकै काम गर्ने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया