रचना रिमालको ‘सम्झि किन रुन्थेँ म’ सार्वजनिक

काठमाडौं – पछिल्लो समयकी चर्चित गायिका रचना रिमाल र हेमन्त कान्छा रसाइलीको आवाज रहेको नयाँ गितको भिडिओ सार्वजनिक भएको छ ।

असफल प्रेम र वियोगपछीको पीडा समेटिएको ‘सम्झि किन रुन्थेँ म’ बोलको गीतको शब्द सिर्जना सञ्चारकर्मी गोविन्द बानियाँ म्याग्देलीले गरेका हुन् ।

भिडिओमा विभिन्न टेलीसिरियल र म्युजिक भिडियोबाट चर्चा कमाएकी आशा खड्का सुकुमायासँगै गायक हेमन्त कान्छा र बिनोद राइको अभिनय रहेको छ ।

गायक स्वयम् को निर्देशन रहेको भिडिओ Tv 99 HD युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?