नवप्रवेशी क्लबसँग डर्टमण्डको लज्जास्पद हार

काठमाडौं । डर्टमण्डले नवप्रवेशी क्लब भीएफबी स्टटगार्टसँग लज्जास्पद हार ब्यहोरेको छ ।

शनिवार राति घरेलु मैदानमा भएको खेलमा डर्टमण्ड यसै सिजन शीर्ष डिभिजनमा बढुवा भएको भीएफबी स्टटगार्टसँग ५–१ गोल अन्तरले पराजित भएको हो ।

२६ औं मिनेटमा सिलास वामानगितुका फुन्डुले पेनाल्टीमा गोल गर्दै स्टटगार्टलाई अघि बढाएका थिए । जियोवन्नी रेयनाले ३९ औं मिनेटमा डर्टमण्डका लागि बराबरी गोल फर्काएका थिए ।

सिलास वामनगितुकाले ५३ औं मिनेटमा स्टटगार्टलाई २–१ ले अघि बढाए । फिलिप फोस्टरले ६० औं मिनेटमा पाहुना टोलीको अग्रतालाई ३–१ को अवस्थामा पुर्‍याए ।

त्यसको तीन मिनेटमा तन्गी कोलीबालले स्टटगार्टका लागि एक गोल थपे । ईन्जुरी समयमा निकोलस गोन्जालेजले गोल गर्दै नवप्रवेशी क्लबलाई ५–१ को शानदार जित दिलाए ।

पराजयले डर्टमण्डलाई तालिकाको पाँचौ स्थानमा राखेको छ । डर्टमण्ड शीर्ष स्थानको आरबी लाईपेजिगसँग ५ अंकले पछि परेको छ ।

जित सहित स्टटगार्ट १७ अंक सहित तालिकाको छैटौ स्थानमा छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?