चितवन । गौतम बुद्ध कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज बागमती र राप्ती खेल्दै छन् । भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा हुने खेलमा दुवै टिम जितको खोजिमा हुनेछन् ।
बिनोद भण्डारीको कप्तानीमा रहेको राप्तीको यो पहिलो खेल हो भने ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको बागमती शनिबार भएको पहिलो खेलमा नारायणीसंग सुपर ओभरमा पराजित भएको थियो ।
बागमतीलाई आजको खेल जित्नैपर्ने दबाब छ । सिंगल राउण्ड रोबिनका आधारमा सञ्चालन हुने प्रतियोगितामा तीन टिम सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया