काठमाडौं । शनिवार काठमाण्डौका विभिन्न स्थानमा विद्युत काटिने भएको छ । बानेश्वर सबस्टेशन मर्मत गर्नुपर्ने भएकाले यस सबस्टेसनसँग जोडिएका क्षेत्रहरुमा आज मध्याह्न १२ बजेदेखि २ बजेसम्म विद्युत कटौती हुने नेपाल विद्युत प्रधिकरणले जनाएको छ ।
यस सबस्टेशनसँग जोडिएका धोबिखोला, वाग्मती, कोटेश्वर, बानेश्वर, पुरानो एयरपोर्ट, लुभूलगायतका ठाउँमा विद्युत कटौती हुने जनाइएको छ । विद्युत कटौती हुँदा उपभोक्तामा पर्ने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया