नेपालमा कोरोना : मृतक संख्या १६ सय ७४ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या संख्या १ हजार ६७४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ हजार २७१ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ३२ हजार ८७२ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार १४८ रहेको छ ।

अहिलेसम्म नेपालमा १८ लाख २० हजार ६१८ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ५१९ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?