काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मङ्सिर २९ गते देशभर गर्न लागेको सरकारविरोधी प्रदर्शनको नारा तय गरेको छ ।
सरकारका पछिल्ला गतिविधिहरुको विरुद्ध साथै पार्टी वरिष्ठ नेतालाई पक्राउ गरेको विरुद्ध आपत्ती जनाउँदै कांग्रेसले ७७ वटै जिल्लामा आन्दोलनको घोषणा गरेको हो ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै १० नारा तय गरेको जानकारी दिए ।
“तनहुँमा भएको दुर्व्यवहार-अपमान र अत्याचार, चारैतिर भ्रष्ट्रचार, जनताले चिन्यो ओली सरकार, जनता कोरोनाको मारमा-नेकपा सत्ताको जितहारमा” लगायतका नाराहरु तय गरिएको छ ।
त्यस्तै स्थानीय आवश्यक्ता अनुरुप जिल्ला समितिले अन्य नारा तोक्ने मुख्यसचिव पौडेलले जानकारी दिए ।
त्यस्तै कांग्रेले देशभर आफ्ना नेता तथा कार्यकर्ताहरुलाई प्रदर्शनमा उपस्थित हुन आह्वान समेत गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया