काठमाडौं । भारतको मेरठमा बुधवार एक व्यक्तिले घरेलु झगडाका कारण श्रीमती र तीन जना छोराछोरीलाई घाँटी थिचेर हत्या गरेका छन् ।
पछि आफूले झुण्डिएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । पुलिसले घटनास्थलमा सुसाइड नोट पाएको छ ।
जसमा भनिएको छ, ‘घटनाको लागि म जिम्मेवार छु, मेरा पाँच जना भाई छन्, उनीहरुलाई कुनै समस्या नदिनु ।’
पुलिसले अहिले घटनाको छानबिन गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया