काठमाडौं । रुसका राष्ट्रपति भ्लादीमिर पुटिनका सहयोगीले उनकी प्रेमिकालाई रकम उपलब्ध गराउँदै आएको रुसी सञ्चारमाध्यमले खुलासा गरेको छ ।
रुसी सञ्चारमाध्यम प्रोयक्ट मिडियाका अनुसार रुसी संस्थापन पक्षीय सञ्चार समूहले पुटिनकी तदाकथित प्रेमिका एलिना कावाइभालाई प्रतिवर्ष झन्डै ८ लाख पाउन्ड उपलब्ध गराउने गरेको छ, यस समूहमा कावाइभा अध्यक्ष छिन् । र, यो समूह रुसी व्यापारी युरी कोभालुकसँग निकट छ, कोभालुकले पुटिनको आर्थिक पाटो हेर्ने गरेको समाचारमा उल्लेख छ । त्यसैले, उनी रुसका दोस्रो शक्तिशाली व्यक्ति मानिन्छन् ।
६९ वर्षीया कोभालचुकबारे प्रायेक्टले लेखेका छ, ‘यी युरी कोभालचुक हुन्, पुटिनका पुराना साथी र सायद, रुसका दोस्रो प्रभावशाली व्यक्तित्व ।’ राष्ट्रपतिसँगको सम्बन्धकै कारण कोभालचुकले घरेलुु राजनीति तथा मिडियामा नियन्त्रण कायम गर्न सकेको यस समाचारमा उल्लेख छ । ‘जब पुटिन प्रधानमन्त्री बने, तब उनलाई व्यक्तिगत सल्लाहकारको पनि खाँचो थियो । जो व्यक्तिले उनको व्यक्तिगत बैंक खाता, रुसको आन्तरिक राजनीति, आफूतर्फ झुकाव राख्ने मिडिया, आफ्नो सम्पत्ती र आफ्नी प्रेमिकाको पनि रेखदेख गर्न सकून् ।’
पूर्व ओलम्पिक च्याम्पियन समेत रहेकी ३७ वर्षीया जिम्यान्स्टिक खेलाडी कावाइवामात्रै नभएर पुुटिनकी पूर्व प्रेमिका सेभ्टलाना क्रिभोनोगिखलाई यति नै मुल्य बराबरको शेयर रोसिया बैंकमा दिलाइदिने कामको संयोजन पनि कोभालचुकले गरेका छन् । प्रोयक्टका अनुसार क्रिभोनोगिख पुटिनकी एक १७ वर्षीया छोरीकी आमा पनि हुन् ।
रिपोर्टअनुसार पुटिनका दुई छोरीहरु ३५ वर्षीया मारिया भोनोत्सोभा र ३४ वर्षीया केटरिना टिखोनोभालाई पनि कोलाचुकले आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन् ।
यी दुबै पुटिनकी पूर्वपत्नी तथा रुसकी पूर्व प्रथम महिला लाइउडमिलापट्टीका सन्तान हुन्, २०१३ मा पुटिनले सम्बन्धविच्छेद गरेका थिए ।
प्रोयक्टले लेखेका छन्, ‘अर्को शब्दमा भन्नुपर्दा पुटिनका महत्वपूर्ण महिलाहरुलाई उनका सल्लाहकारले सहयोग गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया