काठमाडौं । जितसँगै लेस्टर सिटी युरोपा लिग फुटबलको नकआउट चरण प्रवेश गरेको छ । समूह जीको खेलको अन्तिम खेलमा एईके एथेन्सलाई २-० ले पराजित गर्दै लेस्टर समूह विजेताको रुपमा नकआउट चरण प्रवेश गरेको हो ।

समूह विजेताको रुपमा लेस्टरले जित हात पार्यो । लेस्टरको जितमा सेन्गिज अन्डर र हार्वे बान्र्सले एक एक गोल गरे ।
लेस्टरले समूहमा १३ अंक जोड्यो । स्पोर्टिङ ब्रागाको समेत समान १३ अंक रह्यो । तर हेड टू हेडका आधारमा लेस्टर शीर्ष स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया