शानदार जितसँगै आर्सनल युरोपा लिग फुटबलको नकआउट चरणमा

काठमाडौं । जितसँगै इंग्लिस क्लब आर्सनल युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बिहीवार राति भएको समूह चरणको अन्तिम खेलमा आयरल्याण्डको डुनडल्कलाई ४-२ गोल अन्तरले पराजित गर्दै आर्सनल नकआउट चरणमा प्रवेश गरेको हो ।

खेलको १२ औं मिनेटमा एडवार्ड एनकेइटाले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । त्यस्तै, खेलको १८ औं मिनेटमा मोहमेद एल्नेनीले गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाए ।

खेलको २२ औं मिनेटमा जोर्डन फ्लोरेसले गोल गरेपनि डुनडल्कलाई खेलमा फर्काउन भने सकेनन् । ६७ औं मिनेटमा जोसेप विललकले गोल गर्दै आर्सनललाई ३-१ को अग्रता दिलाए ।

खेलको ८० औं मिनेटमा फोलारिन बालोगुनले गोल गर्दा आर्सनल ४-१ ले अघि बढाए । त्यसपछि खेलको ८५ औं मिनेटमा घरेलु टोलीका सिन होआरेले गोल गरेपनि आर्सनल ४-२ ले विजयी भयो ।

जितसँगै समूह बी को आर्सनल ६ खेलमा १८ अंक जोड्यो । डुनडल्कले अंक विहीन रहदै समूह चरणको अन्त्य गरेको छ ।

  • एजेन्सी

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?