अफगानिस्तानमा गोली हानी पत्रकारको हत्या

एजेन्सी । अफगानिस्तानको जलालावादमा गाली हानी एक पत्रकारको हत्या भएको छ । अफगानिस्तानकी महिला पत्रकार मलाला माइवन्दको काममा जाँदै गर्दा हत्या भएको हो । उनी चढेको गाडीमा एकजना हतियारधारीले आक्रमण गरेका थिए । उनीसँगै उनका ड्राइभर पनि मारिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमणपश्चात आक्रमणकारी भागेको बताइएको छ । अहिलेसम्म आक्रमणको जिम्म कसैले लिएको छैन ।

उनी त्यहाँको माइवन्द एनिकास टीभी एन्ड रेडियोमा कार्यरत थिइन् । माइवन्दले अफगान महिला र महिला पत्रकारहरुको अधिकारका विषयलाई उठाउँदै आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?