काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने बिग बास खेल्न आगामी मंगलवार अष्ट्रेलिया जाने भएका छन् ।
सन्दिपका म्यानेजर रमेश सिवाकोटीले आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिदैँ सन्दीप बिग बासमा सहभागी हुन डिसेम्बर १५ मा अष्ट्रेलिया प्रस्थान गर्ने बताएका छन् ।

सन्दीपले यस सिजन होबार्ट हुरिकेन्सबाट बिग बास खेल्दैछन् ।
सन्दीप कतार एयरवेजमा बिहान ११ गते काठमाडौंबाट उड्नेछन् । सन्दीप भोलिपल्ट एडिलेट पुग्नेछन् । उनले अनिवार्य रुपमा १४ दिन क्वारेन्टिाइनमा बस्नुपर्नेछ ।
बिग बासको नयाँ सिजन आज (बिहिवार)बाट शुरु हुदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया