काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, राष्ट्रपति इलेक्ट जो बाइडेनसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी उपराष्ट्रपति इलेक्ट कमला ह्यारिस सबैभन्दा धेरै ट्वीट भएका व्यक्तिको सूचीमा परेका छन् ।
माइक्रोब्लोगिंग साइट ट्वीटरले वर्षको अन्तिममा गरेको रिसर्चमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलो, दोश्रोमा राष्ट्रपति इलेक्ट जो बाइडेन, सातौँमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र दशौँ स्थानमा अमेरिकी उपराष्ट्रपति इलेक्ट कमला ह्यारिस रहेका छन् ।

यो वर्ष विश्वमा ७० करोड भन्दा धेरै चुनावका बारेमा ट्वीट भएका छन् । यसमा सबैभन्दा धेरै डोनाल्ड ट्रम्प, जो बाइडेन, बराक ओबामा, नरेन्द्र मोदी र कमला ह्यारिसको बारेमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया