काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण थप १२ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ६६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ हजार ६४ रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार ३८६ रहेको छ ।
अहिलेसम्म नेपालमा १८ लाख १३ हजार २०४ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ५१५ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया