काठमाडौं । यूइएफए च्याम्पियन्स लीगमा ग्रुप एचमा पेरिस सेन्ट जर्मनले इस्तान्बुल बासाकसेहिरलाई ५-१ ले पराजित गरेको छ । मंगलवार हुने भनिएको यो म्याच अफिशियल्स र टीमको बीचमा विवादपछि स्थगित गरिएको थियो । उक्त म्याच बुधवार भएको थियो ।
पीएसजीका नेयमारले ह्याट्रिक गरे भने उनका पर्टनर केलियन एम्बाप्पेले २ गोल गरे । त्यस्तै राउण्ड अफ १६ को लागि सबै टीम तय भएका छन् । पीएसजीका स्ट्राइकर एम्बाप्पेले नयाँ रेकर्ड बनाएका छन् ।
उनी च्याम्पियन्स लीगमा २० गोल गर्ने सबैभन्दा यंग प्लेयर बनेका छन् । उनले २१ वर्ष ३५५ दिनमा यो उपलब्धि हाँसिल गरेका छन् । यो भन्दा पहिला यो रेकर्ड बार्सिलोनाका लियोनल मेसी (२२ वर्ष २६६ दिन) को नाम थियो ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया