सुशान्त आत्महत्या प्रकरणमा थप रहस्य पत्ता लाग्यो : दुई जना पक्राउ

काठमाडौं । बलिउड स्वर्गीय अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या केसमा थप जानकारी फेला परेको छ ।

यस केसमा थप दुई जना ड्रग्स कारोवारी पक्राउ परेका छन् । मुम्बईमा केहि स्थानमा छापा मार्ने क्रममा २.५ करोडको चरेस पनि बरामद भएको छ ।

एनसीबीका एक अधिकारीले यस केसमा अहिलेसम्मकै ठूलो सफलता भएको बताएका छन् ।

पक्राउ परेकाहरुको नाम जिनेन्द्र जैन उर्फ रीगल महाकाल र मोहम्मद आजम जुम्मन शेख रहेको छ ।

उनीहरुले एनसीबीसँगको शोधपुछका क्रममा विभिन्न राजहरु पनि खुलासा गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?