काठमाडौं । एट्लेटिको मड्रिड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधवार राति साल्जबर्गलाई २-० ले पराजित गर्दै एट्लेटिको नकआउट चरण प्रवेश गरेको हो ।
एट्लेटिको जितमा मारियो हर्मोसो र यानिक कारासले गोल गरेका थिए । जितसहित एट्लेटिको नकआउट चरण प्रवेश गरेको छ । समूह विजेताको रुपमा बायर्न १६ अंक सहित नकआउट चरण पुग्यो । एट्लेटिको ९ अंक सहित दोस्रो स्थानमा रहदै नकआउट चरणमा पुग्यो ।
साल्जबर्ग ४ र मस्को ३ अंक जोड्दै प्रतियोगिताबाट बाहिरिएका छन् ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया