प्रारम्भिक बाल विकास राष्ट्रिय रणनीति २०७७ – २०८८ स्वीकृत, (मंसिर २३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयसहित)

काठमाडौं – मन्त्रिपरिषद् को बैठकले प्रारम्भिक बाल विकास राष्ट्रिय रणनीति २०७७ – २०८८ स्वीकृत गरेको छ ।

गत मंसिर २३ गतेको बैठकले नेपाल लेखापरीक्षण सेवा नियमहरु २०७७ पनि स्वीकृत गरेको छ ।

यस्तै निजामती सेवा नियमावली २०५० को अनुसूचीमा हेरफेर तथा थपघट गर्ने निर्णय समेत गरेको छ ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मंसिर १५ गते, मंसिर १८ गते र मंसिर २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु हिजो बुधबार पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेका हुन् ।

मंसिर २३ गतेको बैठकले अन्य के के निर्णय गरेको थियो ? 
सबै जिल्ला हुलाक कार्यालय मार्फत प्रेस प्रतिनिधि प्रमाणपत्रका लागि आवेदन, नविकरण तथा अनलाइन नविकरण सम्बन्धी सेवा प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ । यससँगै देशका जुनसुकै ठाउँबाट हुलाक मार्फत प्रेस प्रतिनिधि प्रमाणपत्र लिन र नविकरण गर्न सकिने भएको छ ।

यस्तै सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश समेत सरकारले ल्याएको छ ।

विदेशी सरकारबाट पारिश्रमिक, निवृत्तभरण, अवकाश सुविधा वा अन्य सुविका प्राप्त गरिरहकोलाई सामाजिक सुरक्षाको लाभ उपलब्ध गराउने व्यवस्था समावेश गरी अध्यादेश ल्याएको हो

। यसबाट करिब ५० हजार लाभग्राहीहरुलाई १ अर्ब ८० करोड रुपैयाँ भत्ता वितरण हुने पनि निर्णय भएको छ ।

मन्त्रिपरिषद्को गत मंसिर १५ गते, मंसिर १८ गते बसेको बैठकले गरेको निर्णय थाहा पाउन यहाँ क्लिक गर्नुहोस्

मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णय हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?