जम्मू-कश्मिर फायरिङ अपडेट : अल बद्रका तीन आतंककारी मारिए

काठमाडौं । जम्मू कश्मिरको पुलवामाको टिकेन क्षेत्रमा बुधवार सुरक्षाबल र आतंककारीबीच भएको मुठभेडमा तीन आतंककारी मारिएका छन् ।

मारिएका सबै आतंककारी अल बद्रका रहेको बताइएको छ । आतंककारी लुकेर बसेको सूचना पाएपछि प्रहरी त्यहाँ पुगेको थियो ।

सुरक्षाकर्मी आएको थाहा भएपछि आतंककारीले फायरिङ गरेपछि पुलिसले जवाफी फायरिङ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?