जम्मू-कश्मिरमा मुठभेड : २ आतंककारी मारिए

काठमाडौं । जम्मू-कश्मिरको पुलवामा जिल्लाको तिकेन क्षेत्रमा सुरक्षाबलसँगको मुठभेडमा दुई आतंककारी मारिएका छन् ।

सुरक्षाबलले जम्मू कश्मिर पुलिसको संयुक्त अभियानको रुपमा चलाएको सिमशनमा दुई आतंककारी मारिएको बताइएको छ ।

आतंककारीले पुलिस आएको सूचना पाएपछि फायरिङ गरेको थियो । जवाफी कारवाहीमा दुई आतंककारी मारिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

अझै केहि आतंककारी लुकेर बसको बताइएको छ । अहिले पनि मुठभेड जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?