कानुनी लफडामा फसे सैफ, दिल्लीमा दर्ता भयो मुद्दा

मुम्बई । ‘रामायण’मा आधारित रहेर निर्माण भएको फिल्म ‘आदिपुरुष’मा रावणको भूमिका निभाएका अभिनेता सैफअली खान कानुनी लफडामा फसेका छन् । फिल्मको बिषयलाई लिएर दिएको एक अन्तर्वार्ताका कारण उनी कानुनी झन्झटामा परेका हुन् । अन्तर्वातार्मामा सैफले रावणले सिताको हरण गरेको बिषय जायज बताएका थिए ।

सैफको बिरुद्ध अहिले दिल्लीमा केस दर्ता गरिएको छ । उनको बिरुद्ध बिश्व हिन्दू महासंघ दिल्ली प्रदेश अध्यक्ष राजेश तोमरले केस दर्ता गराएका हुन् । उनले दर्ता गरेको उजुरीमा भनिएको छ ‘सैफले जानीबुझी टिप्पणी गरेका हुन् । यसले करोडौ हिन्दुको भावनामा ठेस पुगेको छ । यो बयानका कारण समाजमा शान्ती भंग हुन सक्छ ।’

एक वेभसाइटका लागि दिएको अन्तर्वार्तामा सैफले भनेका थिए ‘ लंकेशको भुमिका नराम्रो छैन । त्यो मनोरन्जनात्म र मानविय देखाइएको छ ।’
‘यसमा देखाइने छ सिताका अपहरण र रामसँगको युद्ध जायज थियो किन भने लक्ष्मणले रावणको बहिनी सुर्पनखाको नाक काटेका थिए’ सैफले इन्टरभ्युमा अगाडि भनेका थिए ।
आफ्नो बयानलाई लिएर विवाद बढ्ने देखेर सैफले एक स्टेटमेन्ट जारी गर्दै माफी समेत मागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?