दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल नजरबन्दमा

काठमाडौं । किसान आन्दोलन र भारत बन्दका कारण दिल्ली पुलीसले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई नजरबन्दमा राखिएको ‘आम आदमी’ पार्टीले आरोप लगाएको छ ।

अरविन्द केजरीवाल सिंधु बोर्डरबाट फर्किए लगत्तै उनलाई कसैसँग भेटघाट गर्न दिल्ली पुलीसले नदिएको आम आदमी पार्टी ‘आप’ को दावी छ । केजरीवालको सबै बैठक रद्द गरीएको ‘आप’ ले जनाएको छ । दिल्ली पुलीसले केजरीवालको घर अगाडी कडा सुरक्षा पहराका साथ कसैलाई भेट्न आउन जान नदिईएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

केजरीवाल सोमवार सिंधु बोर्डरमा किसानहरुलाई आन्दोलनमा भेटेर समर्थन जनाएपछि केन्द्र सरकारको गृह मन्त्रालयको आदेशमा उनलाई दिल्ली पुलिसले नजरबन्दमा राखेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?