जनकपुरधाम विमानस्थलको टर्मिनल भवन लगायतका भौतिक संरचना सञ्चालनमा

काठमाडौं । जनकपुरधाम विमानस्थलको टर्मिनल भवन लगायत भौतिक संरचनाहरु आजदेखि सञ्चालनमा आएको छ ।

सरकारको ४२ करोडको लगानीमा निर्माण सम्पन्न विमानस्थल टर्मिनल भवन, टावर सुरक्षा, आवासगृह, पार्किङ आजदेखि सञ्चालनमा आएको हो ।

संस्कृती पयर्टन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले खुशी व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

नेपाल सरकारको ४२ करोड लागानीमा निर्माण सम्पन्न भएको जनकपुरधाम बिमानस्थलको टर्मीनल भवन, टावर, सुरक्षाकर्मी आवासगृह, पार्कीङ् आजदेखि औपचारिक रुपमा संचालनमा आएको छ ।” उनले भने ।

मन्त्री भट्टराईले प्रदेश नं २ र जनकपुरबासी बधाई साथै निर्माण कार्यमा जुट्ने र निर्माण व्यवसायीहरुलाई धन्यवाद दिएका छन् ।

विस २०६९ सालमबाट निर्माण शुरु भएको टर्मिनल भवनका लागि निर्माण कम्पनीले पहिलो फेजअन्तर्गत स्टील स्ट्रक्चर र सिमेन्ट बोर्ड पार्टेसनको काम गरेको थियो।

नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलमा ८० वटा का पार्किङ, १५० वटा बाइक पार्किङ, एक्सेस रोड, ३५ जना सुरक्षाकर्मी आवासगृहको निर्माण सम्पन्न भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?