काठमाडौं – केन्द्र सरकारले पेश गरेको तीन कृषि कानून संशोधनको बिरुद्ध भारतभर बिरोध प्रदर्शन जारी छ ।
१२ दिन देखी लगातार दिल्ली सिमानामा किसान आन्दोलन चलिरहेका कारण आज किसानहरुले भारत बन्द गराएका हुन् ।
आन्दोलनको १३ औं दिन ८ डिसेम्बर मंगलबार भारत बन्दको घोषणा गरिएको भारतीय सञ्चार माध्यम इन्डिया टाईम्सले जनाएको छ ।
किसान आन्दोलनलाई अन्य राजनीतिक दलहरुको पनि समर्थन रहेको छ ।
केन्द्र सरकारका बिरुद्ध प्रदर्शन गरेर दिल्ली सिमानामा मात्रै सिमीत किसान आन्दोलनले देशव्यापि रुप लिँदै छ ।
किसान संगठनले ८ डिसेम्बर मंगलबार भारत बन्दको घोषणा गरेका हुन् । पंजाब, हरियाणा, उत्तर प्रदेश तथा अन्य राज्यका किसान संगठनको बैठकमा भारत बन्दको निर्णय लिएका थिए ।

सरकारसँग वार्ता मिल्छ भन्नेमा किसानहरु विश्वस्त छैनन् त्यसैले अन्य शर्तहरु भन्दा उक्त कानून खारेज गरिनुपर्ने किसानहरुको माग छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया