भोलि साझा र विवकेशील पुनः एकिकरण हुँदै

काठमाडौं । मंसिर २४ गते (भोलि) विवकेशील नेपाली दल र साझा पार्टीबीच पुनः एकीकरण हुने भएको छ ।

भोलि दिउँसो साँढे ३ बजे दुई पार्टीबीच औपचारिक एकता घोषणा हुने साझा पार्टीका संयोजक रविन्द्र मिश्रले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

उनका अनुसार एकिकृत भएका पार्टीको नाम भने विवेकशील साझा नै रहनेछ । अलग अलग स्थापना भएका दल बीचमा एकीकरण भएर पुनः विभाजित भएका थिए ।

नेता मिश्रले विगतका कमिकमजोरीहरुलाई सुधार गर्दै आफूहरु एक हुन लागेको र देश विकासको बास्तविक संवाहक बनाउन लागेको समेत सामजिक सञ्जाल मार्फत जानकारी दिए । उनले एक ट्वीट गर्दै भनेका छन्, “हामी एक हुँदैछौँ। विगतका कमजोरीप्रति क्षमायाचना गर्दछौँ। तपाईंको साथले विवेकशील साझा पार्टीुलाई देशको वास्तविक रूपान्तरणको संवाहक बनाउनेमा हामी विश्वस्त छौँ।

एकीकृत पार्टीको कार्यसमितिमा दुवै तर्फका ६५–६५ जना गरी १३० जना सदस्य रहने बताइएको छ । एकीकृत पार्टीको अध्यक्षमा साझाका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डे संयोजक रहनेछन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?