काठमाडौं । कोरोना भाइरसका कारण अहिले सारा विश्व नै आक्रान्त छ । कोरोना भाइरस देखिएको एक वर्ष बित्न लागिसक्दा पनि कोरोना भाइरस रोक्ने ओषधि पत्ता लागेको छैन । तर यसैबीच विकास जर्जिया स्टेट युनिभर्सिटीले एउटा औषधि बनाएको छ जुन औषधि कोरोना भाइरस संक्रमितले खाएको २४ घण्टामै बिरामीबाट अर्को व्यक्तिमा भाइरस सर्दैन ।
मोल्नुपिराभिर नामको यो एन्टिभाइरल औषधिको मानिसमा क्लिनिकल ट्रायल शुरु गरिँदैछ । यसको लागि भारतको काउन्सिल अफ साइन्टिफिक एण्ड इण्डष्ट्रियल रिसर्च (सिएसआइआर)को रणनैतिक समूहको बैठकमा यसबारे छलफल शुरु भएको छ । यो औषधिको प्रभावकारिताबारे नेचर माइक्रोबायोलोजीमा प्रकाशित शोधपत्रमा यो औषधिले कसरी २४ घण्टाभित्र भाइरसको प्रसार रोक्न सक्छ भन्नेबारे विस्तृतमा उल्लेख छ ।
इण्डियन एक्सप्रेसका अनुसार यो भ्याक्सिनको विकास जर्जिया स्टेट युनिभर्सिटीले गरेको हो । विश्वविद्यालयका शोधकर्ताले प्रकाशित गरेको शोधपत्रमा कोरोनाभाइरस रोक्न सक्ने यो पहिलो ओरल एन्टिभाइरल औषधि भएको पनि दावी गरिएको छ । यो खाने औषधि हो । यो औषधि मर्क र रिजब्याक नामका दुई फार्मास्युटिकल कम्पनीले मिलेर बनाउँदैछन् । यो औषधि खाएपछि बिरामी छिटो निको हुने र बिरामीको हालत गम्भीर स्थितिमा नपुग्ने पनि शोधपत्रमा दावी गरिएको छ ।
सिएसआइआरका निर्देशक डा शेखर माण्डेले इण्डियन एक्सप्रेससँग कुरा गर्दै यो धेरै राम्रो खबर भएको बताएका छन् । डा माण्डेका अनुसार यो औषधि मूल रुपले कोशिकाहरुमा आरएनएको एक अवरोधक हो र यसले भाइरस फैलिन दिँदैन । यो औषधिको जनावरमा गरिएको ट्रायलमा संक्रमण फैलिएन । यो नतिजापछि वैज्ञानिक निकै उत्साहित छन् । अब यो औषधिको भारतमा मानिसमा क्लिनिकल ट्रायलको तयारी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया