काठमाडौं । साउथह्याम्टन प्रिमियर लिग फुटबलको शीर्ष ५ मा उक्लिएको छ । सोमवार राति भएको खेलमा साउथह्याम्टनले घरेलु टोली ब्राइटोनलाई २–१ गोल अन्तरले पराजित गर्दै तालिकाको शीर्ष ५ मा उक्लिएको हो ।
खेलको २६ औं मिनेटमा ब्राइटोनले पास्कल सकलको पेनाल्टी गोलमार्फत लिएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा जानिक वेस्टरगार्डले साउथह्याम्टनका लागि गोल गर्दै खेल बराबरीमा ल्याए ।
खेल सकिन ९ मिनेट अघि ड्यानी इग्सले साउथह्याम्टनलाई जित दिलाए । जितसँगै साउथह्याम्टन २० अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।
ब्राइटोन १० अंक सहित तालिकाको १६ औं स्थानमा छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया