काठमाडौं । आज वरिष्ठ गायक जगतमर्दन थापाको उपचारको क्रममा निधन भएको छ ।
८५ वर्षीय थापा कलाकार थापाको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको हो ।
केहीदिन अघि मात्र कोरोना संक्रमण मुक्त भएका थापाको छातीमा समस्या आएपनि उपचारको लागि अस्पताल भर्ना गरिएको थियो ।
स्वर्गीय थापाले वि।सं। २०१३ सालमा रेडियो नेपालबाट आफ्नो सांगीतिक तथा साहित्यिक यात्रा शुरु गरेका थिए । त्यस्तै विस २०१८ मा उनले आफ्नो पहिलो गीत रेकर्ड गराएका थिए ।
उनको माया लुकाइ लुक्दैन’ बोलको पहिलो गीत हो। भने २०२१ सालमा उनले कथासंग्रह ‘पलाँसको फूल’ प्रकाशित गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया