हङकङका अदालतहरु अझै स्वतन्त्र, हस्तक्षेपको प्रयासमा चिनियाँ कम्युनिस्ट पार्टी

हङकङ । चीनले हङकङको स्वतन्त्र र स्वायत्तालाई ध्वस्त पार्न नयाँ सुरक्षा कानुन लागु गरेको छ । हङकङका हरेक क्षेत्रमा चिनियाँ हस्तक्षेप बढ्दै गएको छ । तर पनि हङकङका अदालतहरु भने हालसम्म स्वतन्त्र छन् । त्यसमा पनि चिनियाँ कम्युनिस्ट पार्टीले हस्तक्षेप गर्ने प्रयास गरिरहेको छ ।

प्रदर्शनकारीहरुले गत वर्षको सबैभन्दा हिंस्रक दिनमा पक्राउ गरिएको थियो । जब प्रदर्शनकारीहरूले मुख्य सरकारी कार्यालयहरूमा पेट्रोल बम प्रहार गरेका थिए र प्रहरी मुख्यालयको बाहिरपट्टि आगजनी गरेका थिए । तर, हङकङका एक न्यायाधीशले उनीहरुविरुद्धको अभियोजनको मुद्दा खारेज गरिदिएका छन् ।

आफ्नो आदेशमा हङकङका जिल्ला न्यायाधीश शम सिउ-मानले प्रहरी अधिकारीहरुले अविश्वसनीय बयान दिएका छन् र उनीहरूले एउटा प्रदर्शनकारीलाई नियन्त्रणमा लिन लाठीचारर्ज गरेपछि प्रदर्शनकारीहरु भड्किएको उल्लेख गरेका छन् ।

An August 2019 protest in the Central district of Hong Kong. 

प्रहरीले शान्तिपूर्ण प्रदर्शनमा लाठीचार्ज गर्न नहुने भए पनि लाठीचार्ज भएका कारण त्यसको प्रतिकारका लागि प्रदर्शनकारीहरुले उग्र व्यवहार देखाएको ती न्यायाधीशले बताएका छन् । उनले आठै अभियुक्तहरूलाई निर्दोष ठहर्‍याएका छन् ।

उनले प्रहरीले शान्ति सुरक्षा प्रदान गर्ने जिम्मेवारी भए पनि शान्तपूर्ण आन्दोलन भड्काउने काम गरेकोसमेत बताएका छन् ।

न्यायाधीशको उक्त आदेशको दोस्रो दिन चिनियाँ सरकारको स्वामित्वमा रहेको एक पत्रिकाको पहिलो पृष्ठमा प्रदर्शनकारीहरुले आगजनी गर्नुका साथै अवरोधहरु तोडिरहेको र पछिल्लो भागमा न्यायाधीशले आफ्नो पोशाक लगाएको तस्बिर प्रकाशित गरेको थियो । उक्त तस्वीरको शीर्षकमा लेखिएको थियो, ‘अदालतले जारी गरेको अनौठो राय ।

न्यायाधीशले भने ‘प्रदर्शनकारीहरुमाथि वास्तवमा अन्याय भएको’दाबी गरेका छन् ।

Geoffrey Ma, left, the chief justice of Hong Kong’s Court of Final Appeal, denounced criticism of the judiciary “merely based on a result of a case not to one’s liking.”

चिनियाँ कम्युनिष्ट पार्टीले हङकङमा आफ्नो हस्तक्षेप बढाएपछि बेइजिङ समर्थक शक्तिहरूले सहरको स्वतन्त्र न्यायपालिकालाई निशाना बनाइरहेका छन । हङकङ विश्वव्यापी वाणिज्य र पूँजी केन्द्रको हब भए पनि चिनियाँ कम्युनिस्ट पार्टीले हङकङमा प्रतिबन्ध लगाउँदै गइरहेको छ ।

प्रदर्शकारीहरुप्रति उदार देखिएको भन्दै चिनियाँ अखबारहरुले ती न्यायाधीशलाई ‘एलो जजु’ को संज्ञा दिइएको छ । पार्टी अधिकारीहरूले न्यायाधीशहरूको स्वायत्ततामा लगाम लगाउन अदालतहरूको पुनर्संरचनाको आह्वान गरेका छन् । सहरको नेतृत्वले न्यायाधीशहरुको छनोटमा बढी प्रभाव पारेको छ ।

“न्यायपालिकालाई एक्लै छोड्ने सोच्नु सबैको लागि मूर्खता हो । किन तिनीहरू हुन्छन् ? डेनिस कोवाकले भनेका छन् जसले हङकङको कानुनी क्षेत्रलाई स्थानीय विधायिकामा प्रतिनिधित्व गरेका थिए जुन उनीलाई यस महिना पदबाट हटाइएनन् । ‘तिनीहरू सबैमा हात हाल्न चाहन्छन् ।’

यही वर्ष बेइजिङबाट पारित गरेको राष्ट्रिय सुरक्षा कानूनले हङकङको न्यायपालिकालाई हस्तक्षेप गर्न नसकेको भए पनि अब न्यायपालिकामाथि पनि कब्जा गर्नका लागि चिनियाँ कम्युनिस्ट पार्टीले नयाँ कानुन बनाउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?