काठमाडौं । प्रिमियर लिग फुटबलमा लिभरपुल शानदार जित हात पारेको छ । आइतवार राति भएको खेलमा लिभरपुलले उल्भ्सलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।
खेलको २४ औं मिनेटमा मोहमद सालाहले गोल गर्दै लिरभपुललाई अग्रता दिलाएका थिए । हेन्डरसनकै पासलाई सदुपयोग गर्दै विजनाल्डमले ५८ औं मिनेटमा लिभरपुलको अग्रता दोब्बर बनाउने काम गरे ।

माटिपले ६७ औं मिनेटमा लिभरपुललाई ३–० को अग्रता दिलाएका थिए । खेल सकिन १० मिनेट अघि निल्सन सिमिडोले आत्मघाति गोल गरेपछि लिभरपुलले फराकिलो अन्तरको जित निकाल्यो ।

जितसँगै लिभरपुलले शीर्ष स्थानको टोटेनहमसँग अंक बराबरी गरेको छ । दुवै टिमको समान २४ अंक छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया