जितसँगै टोटेनहम लिगको शीर्ष स्थानमा

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सहज जित हात पारेको छ । आइतवार राति भएको खेलमा टोटेनहमले आर्सनललाई २-० गोल अन्तरले पराजित गरेको हो ।

खेलको १३ औं मिनेटमा सनले गोल गर्दै टोटेनहमलाई १-० गोलको अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा केनले गोल गर्दै टोटेनहमलाई २-० को जित दिलाए ।

Image

जितसँगै टोटेनहम तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

टोटेनहमले ११ खेलमा २४ अंक जोडेको छ । आर्सनल १४ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?