नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख २५ हजार नाघ्यो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ५२ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या २ लाख २५ हजार ८ सय ५ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४० हजार ९ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै देशभर थप १७ जनाको कोरोनाको कारण मृत्यु भएसँगै कुल मृतकको संख्या १ हजार ५ सय ९४ पुगेको छ ।

पछिल्लो समय नेपालमा सक्रिय संक्रमितको संख्या घटिरहेको छ । हाल नेपालमा कोरोनाका संक्रमित संक्रमितको संख्या १३ हजार ५ सय ८२ रहेको र हाल ५ सय ३६ जना क्वारेन्टाइनमा रहेका छन् । भने हालसम्म नेपालमा १७ लाख ८४ हजार ५ सय १९ जनाको पीसीआर परीक्षण भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?