प्रिमियर लिग : टोटेनहम र आर्सनल भिड्दै

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज टोटेनहम र आर्सनल भिड्दै छन् । टोटेनहमको घरेलु मैदानमा हुने दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १०:१५ बजे शुरु हुनेछ ।

घरेलु मैदानमा टोटेनहम जित निकाल्दै शीर्ष स्थानमा उक्लने योजनामा हुनेछ । आर्सनल पनि घरेलु टोलीलाई हराउने लक्ष्यसाथ मैदान उत्रने छ ।

टोटेनहम १० खेलमा २१ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । आर्सनल भने १३ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?