पूर्व फ्रान्सेली राष्ट्रपतिको निधनमा राष्ट्रपतिद्वारा समवेदना

राष्ट्रपति विद्यादेवी भण्डारीले फ्रान्सका पूर्वराष्ट्रपति भालेरी जिस्का डेस्टाँको निधन भएकामा त्यहाँका राष्ट्रपति इम्म्यानुएल म्याँक्रोलाई समवेदना सन्देश पठाउँदै पूर्वराष्ट्रपतिको असामयिक अवसानबाट नेपालले एक असल मित्र गुमाएको बताएकी छिन् ।

राष्ट्रपति भण्डारीले आज फ्रान्सेली राष्ट्रपतिलाई पठाएको शोकसन्देशमा पूर्वराष्ट्रपतिका शोकाकूल परिवारजन, फ्रान्स सरकार र त्यहाँका जनतामा समवेदना व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

-रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?