टोटेनहम युरोपा लिगको नकआउट चरणमा

काठमाडौं । युरोपा लिग फुटबलमा टोटेनहम बराबरीमा रोकिएको छ । बिहिवार राति भएको समूह जेको खेलमा टोटेनहमले अष्ट्रियन क्लब लास्कसँग ३-३ गोलको बराबरी खेल्दै नकआउट चरण प्रवेश गरेको हो ।

खेलमा अग्रता ४२ औं मिनेटमा घरेलु टोली लास्कले पिटर मिकोरलको गोलमा लिएको थियो । पहिलो हाफको ईन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै ग्यारेथ बेलले खेल बराबरीमा ल्याएका थिए ।

LASK 3-3 Tottenham: Jose Mourinho questions attitude as Spurs progress with  draw - BBC Sport

५६ औं मिनेटमा ह्युङ मिन सनले टोटेनहमलाई २-१ ले अघि बढाएका थिए । खेलको ८४ औँ मिनेट अघि घरेलु टोलीका जोहान्स एगेन्स्टीनले खेल २-२ मा पुर्‍याएका थिए ।

डेली अलीले खेलको अन्तिम समयमा पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई जितको नजिक पुर्‍याएका थिए । तर ईन्जुरी समयमा लास्कका ममौदो करमोकोले गोल गर्दै टोटेनहमसँग अंक खोस्न सफल रहे ।

Tottenham player ratings vs LASK: Dele Alli and two stars impress but two  aces cost Spurs | Football | Sport | Express.co.uk

समूहमा शीर्ष क्लब एन्टवर्पको १२ अंक छ । दोस्रो टोटेनहमको १० अंक छ । लास्क ७ अंक बटुल्दै समूह चरणबाट बाहिरिएको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?