काठमाडौं – यसपटक मिस नेपाल प्रतियोगिता दर्शकबिना नै हुने भएको छ । आयोजक ‘दि हिडन ट्रेजर’ले दिएको जानकारी अनुसार भोली (शनिबार) आयोजना हुने मिस नेपालको २६ औं संस्करणको दर्शक विना नै हुने भएको हो । तर ग्रान्ड फिनाले शनिबार परेको र अधिकांशको छुट्टी हुने भएकोले सबैले टेलिभिजनहरुबाट हुने लाईभ हेर्न सक्नेछन् ।
आयोजक संस्था ‘दि हिडन ट्रेजर’का अध्यक्ष दिवाकर राजकर्णिकारका अनुसार विगतको भन्दा चुनौतीपूर्ण भएपनि सबै तयारी अन्तिम चरणमा पुगेको छ । उनले पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाएर मिस नेपाल प्रतियोगिता सम्पन्न गर्ने पनि बताए ।
११ जना निर्णयक, २० जना प्रतिस्पर्धीबाहेक सीमित प्राविधिक र सहयोगी मात्र कार्यक्रम स्थलमा रहनेछन् ।
बूढानीलकण्ठको पार्क भिलेजमा हुने प्रतियोगिता हेर्न चाहनेले सञ्चार माध्यमबाट हुने प्रत्यक्ष प्रशारण हेर्न सक्नेछन् ।
आयोजकका अनुसार यसपटक ‘मिस टुरिजम’ र ‘वुमन इन सस्टेन्स’ नयाँ टाईटल थपिएको छ ।
यो समेत गरी ११ टाइटलको घोषणा शनिबार ग्रान्ड फिनालेमा नै हुने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया