काठमाडौं । तीन नोभेम्बरमा भएको अमेरिकी राष्ट्रपतिय चुनाव पराजित भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपटक फेरि नयाँ दाबी गरेका छन् ।
जो बाइडेनसँग हारेपछि ट्रम्पले बुधवार ह्वाइट हाउसमा एक क्रिसमस पार्टीका बेला आफ्ना समर्थकसँग यस्तो बताएका हुन् ।
राष्ट्रपतिय चुनावमा ट्रम्पले २३२ इलेक्टोरल भोट पाएका थिए भने बाइडेनले ३०६ इलेक्टोरल भोट पाएका थिए ।
अमेरिकी मिडियामा पहिला पनि २०२४ मा फेरि ट्रम्प नै सत्ता आउन सक्ने खबर प्रकाशित भइसकेका छन् । ट्रम्पले अहिलेसम्म हार स्विकारेका छैनन् ।
उनले ह्वाइट हाउसमा भएको क्रिसमस पार्टीमा भने, ‘ह्वाइट हाउसमा ४ वर्ष एकदमै राम्रोसँग बितेको छ, म फेरि ४ वर्षपछि यहाँ आउन चाहन्छु, यस पटक भएन त के भयो ? अर्को पटक फेरि आउन चाहन्छु ।’
उक्त कार्यक्रममा ट्रम्प नै होस्ट थिए भने पार्टीमा नजिकका नातेदार मात्र उपस्थित थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया