राष्ट्रपति पद छोड्नु अगाडि छोराछोरीसँग माफी माग्दै डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति पद छोड्दै गर्दा अग्रिम माफी दिने योजनामा लागेका छन् ।

उनी ति व्यक्तिहरुसँग माफी माग्दै छन्, जसको अदालतमा मुद्दा चलिरहेको छ वा भविष्यमा चल्नेछ ।

यसमा उनका पहिला तीन बच्चा र उनका निजी वकिल रुडोल्फ डब्ल्यू गिलियानी रहेका छन् । उनले सल्लाहकारसँग राष्ट्रपति पद छोडेपछि आफ्ना तीन बच्चा डोनाल्ट ट्रम्प जुनियर, एरिक ट्रम्प र इवांका ट्रम्पलाई निशाना बनाउन सक्नेछन् ।

इवांकाका पति ज्यारेड कुशनगरलाई पनि निशाना बनाउन सक्ने ट्रम्पले बताएका छन् । उनी ट्रम्प प्रशासनमा ह्वाइट हाउसको सल्लाहकारमा थिए ।

डोनाल्ट ट्रम्प जुनियरमाथि २०१६ को राष्ट्रपतिय चुनावमा हिलारी क्लिन्टनको छवि बिगारेको आरोप लागेको छ ।

साथै नोक्शान पुर्याउने जानकारी रुससँग शेयर गरेको आरोप छ । तर उनीमाथि मुद्दा हालिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?