काठमाडौं । भारतीय विदेश मन्त्री एस जयशंकरले नेपाल र भारतबीचका विभिन्न समस्यालाई चिर्दै अहिले दुबै राष्ट्र अघि बढिसकेको बताएका छन् ।
उनले भारतीय सञ्चामाध्यम द हिन्दुसँगको अन्तवार्ताका क्रममा नेपालसँग भारतको समस्या विश्वका अन्य कोहि पनि दुई छिमेकी मुलुकबीच हुनेजस्तो समस्या भएको बताएका हुन् ।
उनले विश्वका जुनसुकै छिमेकी देशहरुसँग पनि सानातिना समस्या भईरहने बताएका छन् ।
जयशंकरको किताब ‘द इन्डिया वे स्ट्राटेजी फर एन अनसर्टेन वर्ल्ड‘ लाई आधार बनाएर उनीसँग सुहासिना हैदरले सोधेको परराष्ट्र र कुटनीतिक विषयको प्रश्नमा उनले यस्तो बताएका हुन् ।
जयशंकरसँग नेपालले संविधान निर्माण गरेपछि भारतसँगको सम्बन्धमा दरार आएको कुरा, लिम्पियाधुरा सहितको क्षेत्र समेटेर नेपालले नयाँ नक्शा प्रकाशन गरेपछि चिसिएको सम्बन्ध र भारतीय अधिकारीहरुको पछिल्लो भ्रमणका विषयमा प्रश्न सोधिएको थियो।
सुहासिना हैदरको प्रश्नमा जयशंकरले भने, ‘कुनै समय थियो जहाँ हामीसँग समस्याहरु थिए। तर केही हप्ता यता नेपाल र भारतले अघि बढ्ने निर्णय गरिसकेको मलाई लाग्छ । यो दुबै राष्ट्रको आपसी हितमा छ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया