काठमाडौं । काठमाडौंको बौद्धमा एक महिला र उनकी एक महिनाको छोरी मृत अवस्थामा फेला परेका छन् ।
गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्दै आएकी २७ बर्षीया पेम्बी शेर्पा र उनकी एक महिनाको छोरी मृत फेला परेका हुन् । सोही कोठामा ३२ बर्षका श्रीमान् दोर्जे शेर्पा अचेत अवस्थामा फेला परेका छन् ।
महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नवीन कार्कीले लोकपथलाई दिएको जानकारी अनुसार अचेत अवस्थामा फेला परेका दोर्जे शेर्पाको नेपाल मेडिकल कलेजमा उपचारपछि होस आएको छ ।
कोठामा राती सुत्दा क्वाइलवाला हिटर र इलेक्ट्रिकल हिटर बालेर सुतेको र झ्याल ढोका सबै बन्द गरेका कारण निस्सासिएर उनीहरुको मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले बताएको छ ।
उनीहरुले बस्दै आएको घरमा किराना पसल सञ्चालन राखेका थिए । बिहान घरबेटी सामान लिन जादा समेत अबेरसम्म नउठेपछि बोलाउदा नबोलेपछि प्रहरीलाई खबर गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया