आदित्य नारायण भन्छन् : ‘विवाहका बेला मेरो शुरुवाल च्यातियो, साथीको लगाएर ७ फेरा लिएँ’

काठमाडौं । चर्चित गायक उदित नारायण झाका छोरा आदित्य नारायण झाले १ डिसेम्बरमा प्रेमीका श्वेता अग्रवालसँग विवाह गरे ।

उनले हालै दिएको एक अन्तर्वार्तामा आफ्नो विवाहसँग जोडिएको रमाइलो किस्सा सुनाए ।

उनले भने, ‘वरमालाको बेला मे पाइजामा (शुरुवाल) च्यातियो, फेरि साथीको पाइजामा लगाएर ७ फेरा लिएँ । मेरो र साथीको पाइजामा एउटै जस्तो थियो, साथीले मलाई वरमालाको बेला बोक्दा पाइजामा फाटेको हो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?