काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले म्यान्चेष्टर युनाईटेडलाई पराजित गरेको छ ।
बुधवार राति भएको समूह एचको खेलमा पीएसजीले घरेलु टोली म्यान्चेष्टर युनाईटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
पीएसजीको जितमा ब्राजिली स्टार नेयमारले दुई गोल गरे । मार्कुन्होसले थप एक गोल गरेका थिए । युनाईटेडका लागि मार्कुस रासफोर्डले एक गोल फर्काए
ट्याकल गरेको भन्दै युनाईटेडका फ्रेड रातो कार्ड खादै मैदान बाहिरिए । अन्तिम ३० मिनेट युनाईटेडले १० खेलाडीमा सिमित बनेको खेलेको थियो । समूह एचमा युनाईटेड, पीएसजी र आरबी आईपेजिगको समान ९ अंक भएको छ । ईस्तानबुल ३ अंक सहित तालिकाको पुछारमा छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया